हिमचितुवाले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’ भिड्ने
हिमचितुवाले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’ भिड्ने
Lokmani Rijal
देश पोष्ट /जापान । आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्टमा हिमचितुवा नामले परिचित नेपाली युवा बक्सर अविरल घिमिरे भिड्ने भएका छन् । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा आयोजना हुने सो अन्तरराष्ट्रिय प्रतियोगितामा ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरे सहित चीन, बुलगेरिया, नेदरल्याण्ड, ब्राजिल, पोल्याण्ड र आरमेनियाका चर्चित बक्सर रिङमा उत्रनेछन् । विश्व प्रसिद्ध ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’मा भाग लिनका लागि बक्सर घिमिरे विशेष प्रशिक्षणका लागि जापानबाट थाइल्याण्डको फुकेट सहरको मोथाई क्लबतर्फ प्रस्थान गरेकाछन् । गत जेठ ४ गते जापानको ओसाका
















