हिमालय एअरलाइन्स
हिमालय एअरलाइन्सले कुवेतमा उडान गर्ने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले यही अगस्टको २० तारिखदेखि काठमाण्डौ–कुवेत सिधा उडान गर्ने भएको छ । काठमाण्डौ–कुवेत–काठमाण्डौ उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई बलियो बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पु¥याउने एअरलाइन्सले जनाएको छ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि एअरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट जीएसएको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ । हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज रहेकोमा कुवेतका लागि शुरूमा हप्तामा एउटा उडान हुने जनाएको छ । हाल एअरलाइन्सले संयुक्त अरब इमिरेट्स (यूएई),
















