हैजाको सङ्क्रमण
देशभर हैजाको सङ्क्रमण फैलदैं सचेंत रहन विज्ञको सुझाव
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भइ सकेको ले संक्रमण पैलन सक्ने हुदाँ सचेंत रहन स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले सुझाव दिएको छ । हाल सम्म ललितपुरमा सात र कैलालीमा तीन जनामा गरी जम्मा १० जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ ।
















