१२९ अस्पताल भर्ना
वीरगञ्जमा ४२ जनामा हैजा संक्रमण,१२९ अस्पताल भर्ना
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । वीरगञ्जमा शनिबार साँझसम्म विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन् । मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उपचाररत बिरामीमा हैजाको संक्रमण आशंका गर्दै वीरगञ्ज महानगरको स्वास्थ्य शाखालाई खबर गरेको थियो । लगत्तै नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको थियो । वीरगञ्जका नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीको चाप बढिरहेको
















