१२ वर्षीया वालिकाको बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीमा उजुरी
१२ वर्षीया वालिकाको बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीमा उजुरी
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा १२ वर्षीया वालिकाको बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रामकुमार हिङमाङको घरमा गत साउन–२९ गते साँझ झुण्डिएको अवस्थामा मृत फेला परेकी बस्ने १२ वर्षीया तारा अछामीको बुबा तेजबहादुर अछामी सार्कीले छोरीले झुण्डिएर आत्माहत्या गरेको नभइ बलात्कारपछि हत्या भएको भन्दै घटनाको अनुसन्धानगरी दोषीमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएकाछन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी तारा बाम्राङस्थित हिङमाङको घरमा उनी सुत्ने कोठाको बलोमा सुत्लीको डोरीमा आफूले लगाएको डोरी पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्
















