१५ शय्याको अस्पताल
निर्माणको अन्तिम चरणमा रहेको अस्पताल भवन दशैं अघि ऐसेलुखर्कलाई हस्तान्तरण गरिने ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको ऐसेलुखर्कमा निर्माणाधिन पालिकास्तरीय १५ शय्याको अस्पताल भवन दशैं अघि नै गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवनको भूइँतलामा ईमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ) सेवा, दोस्रो तलामा वार्ड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण (स्टोर) र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित रु १९ करोड ३० लाख ४४ हजार १६४ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको
















