२०८१/०८२ को बजेट
खोटाङका दश स्थानीय तहलाई यस्तो छ आ.व. २०८१/०८२ को बजेट
Lokmani Rijal
देश पोष्ट /खोटाङ । आर्थिक वर्ष २०८१/०८२ को गत जेठ १५ मा आएको बजेट भाषण बाट खोटाङका १० स्थानीय तहहरु मध्ये रु २१ करोडदेखि बढीमा रु ६६ करोडको हाराहारीमा अनुदान हस्तान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को अन्तर सरकारी वित्त हस्तान्तरण कार्यक्रम अन्तरगत उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ६६ करोड ९३ लाखको हाराहारीमा बजेट प्राप्त गर्ने जनाइएको छ । चालुतर्फ रु ६१ करोड ६५ लाख र पुँजीगत प्रकृतितर्फ रु पाँच करोड २८ लाख, समानीकरणतर्फ रु
















