३१ औँ मदन–आश्रि स्मृति दिवस
३१ औँ मदन–आश्रि स्मृति दिवस देशभर मनाइदैँ ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । नेकपा (एमाले)का तत्कालिन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनाको ३१ औँ स्मृति दिवस देशभर मनाउँदैछ । २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख आश्रीतको सम्झनामा विविध कार्यक्रम गरी बर्षेनी दिबश मनाइदैँ आएको छ। एमालेले आज बिहान ७ः४५ बजे मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ
















