६०औँ बाल दिवस
६०औँ बाल दिवसको अवसरमा सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्रीको घोषणा ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । ६०औँ बाल दिवसको अवसरमा सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्ने प्रधानमन्त्री के.पी.शर्मा ओलीले घोषणा गर्नु भएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका छौ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बालबालिका तथा बालबालिका
















