८० करोड १८ लाख ८१ हजारको बजेट
८० करोड १८ लाख ८१ हजारको बजेट हलेसी तुवाचुङले प्रस्तुत गर्यो ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट प्रस्तुत गरेको छ । हिजो सोमबार होलेसुङ रिसोर्ट दुर्छिममा सम्पन्न १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकामा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट रु ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु एक करोड छ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट रु ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट रु ९९ लाख ९२ हजार बजेट प्राप्त
















