america
अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति,घट्यो अन्तराष्ट्रिय बजारमा तेलको मूल्य
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । अमेरिका र इरानबीच युद्ध अन्त्यको सहमति पत्रमा शुक्रबार हस्ताक्षर हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्झौता सम्बन्धी समझदारीपत्र (एमओयू)मा भने आगामी शुक्रबार स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ । युद्धविरामबीच आइतबार दुई देशबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसलमा पोस्ट लेखेकाछन् । इरानी अधिकारीहरूले पनि सम्झौता भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ । विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा प्रारम्भिक सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन् । यो सहमतिपछि सोमबार प्रारम्भिक
















