halesi
हलेसीले दियो कृषक समूहलाई अनुदानमा हाते ट्र्याक्टर
Lokmani Rijal
देश पोष्ट /खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पालिका भित्रका १२ वटा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले हाते ट्र्याक्टर उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिका सुख्खाग्रस्त क्षेत्रमा पर्छ । घाँस अभावका कारण कृषकहरुले गोरु पाल्न छाडिसकेका छन्”, उहाँले भन्नुभयो, “खेतबारी जोत्ने गोरु भएका कारण धेरै कृषकहरुले आफ्नो खेतबारी बाँझो छाडेका छन् । बाँझो जमिनलाई सदुपयोग गर्दै प्रविधिमैली कृषि प्रणाली लागू
















