IPL Update
हैदरावाद दोश्रो क्वालिफयरमाः बैंगलोर प्रतियोगिताबाट बाहिरियो
Lokmani Rijal
देशपाेष्ट । आईपीएल २०२० अन्तर्गत इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गर्दै दोश्रो क्वालीफायरमा स्थान बनाएको छ। हारसंगै बैंगलोरको पहिलो आईपीएल उपाधि जित्ने सपना चकनाचुर भएको छ। लिगमा बैंगलोरको यो लगातार पाँचौ हार हो। यस अघि लगातार ४ हार बेहोरेता पनि लिगको चौथो स्थानमा रहँदै बैंगलोर प्ले-अफ प्रवेश गरेको थियो। हैदरावादको लिगमा यो लगातार चौथो जित हो। हैदरावादले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि दिल्ली क्यापिटल्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार अबुधाबीमा खेलिनेछ। मुम्बईले दिल्लीलाई पहिलो क्वालीफायरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा
















