jilla prahari karyalaya
आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङद्धारा लघु चलचित्र निर्माण
Lokmani Rijal
देश पोष्ट /खोटाङ । आत्महत्या रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक लघु चलचित्र निर्माण गरेको छ । जिल्लामा आत्महत्याका घटनाहरु अत्याधिक रुपमा बढी रहेकाले यसलाई न्यूनीकरण गर्नका लागि र समाजमा सचेतना फैलाउने मुल उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयले ४३ मिनेटको लघु चलचित्र ‘आत्महत्या नगरौं, बाँचौं र बचाऔं’ तयार पारेको हो । जिल्ला समन्वय समितिको समिक्षालय हलमा सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उक्त लघु चलचित्र सार्वजनिक गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानीय तहसँगको सहकार्यमा ४ लाख
















