world cup 2026
आज राती शुरु हुँदैछ विश्वकप फुटबल २०२६
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज मध्यराति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलमा रेफ्रीले ह्विस्सल बजाएसँगै विश्वकप फुटबल २०२६ शुभारम्भ हुनेछ । पहिलोपटक उद्घाटन कार्यक्रम एउटै शहरमा सीमित रहने छैन । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ । तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्नेछन् । खेलमा ४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ । मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो । विश्वकपको इतिहासमा पहिलोपटक ४८
















