‘अध्यक्ष कप
जन्तेढुंगामा अन्तरपालिका अध्यक्ष कप पुरूष भलिबल प्रतियोगिता हुँदै
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको जन्तेढुंगा गाउँपालिका स्थीत चिसापानी नमुना मा.वि.मा जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा ‘अध्यक्ष कप पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता’ शनिबारबाट सुरु भएको छ । प्रतियोगितामा ८ वटा समूहले सहभागताी जनाएको जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईको भनाई रहेको छ । प्रतियगितामा प्रथम पुरस्कार दुई लाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार एक लाख पच्चीस हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, सेमिफाइनल लिष्ट दुवै टिमलाई पचास हजारका दरले पुरस्कार व्यवस्थापन गरिएको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव सुशिल राई (अमित) ले जानकारी दिए ।
















