कक्षा–८ की छात्रा कक्षा–९ का दुई छात्रबाट बलात्कृत
खोटाङमा विद्यालयबाट घर फर्कदैगर्दा कक्षा–८ की छात्रा कक्षा–९ का दुई छात्रबाट बलात्कृत
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कदैगर्दा कक्षा–८ की छात्रा कक्षा–९ का दुई छात्रबाट बलात्कृत भएको खबर प्राप्त भएको छ । विद्यालयबाट घर फर्कँदै गरेकी कक्षा–८ मा अध्ययनरत १४ वर्षीया छात्रामाथी सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको पाइएको हो । विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका कक्षा–९ मा अध्ययनरत दुई जना दाजुहरुले जङ्गलको बीचमा आएपछि बाटो छेकेर रातभरी पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । “साउन–१९ गते साढे चार बजे विद्यालयबाट म घर फर्कँदै थिएँ । एक जना
















