’कुलिङ पिरियड’ प्रकरण : छानबिन समिति गठन
’कुलिङ पिरियड’ प्रकरण : छानबिन समिति गठन
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले संघीय संसदमा पेश गरी पारित गरेको निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको त्रुटिको विषयमा छानबिन गर्नका लागि सात सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र विभिन्न दलका नेताहरूबीच आज भएको छलफलपछि कुलिङ पिरियड प्रकरणको छानबिनका लागि विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । समितिमा एमाले र नेपाली कांग्रेसको तर्फबाट दुई/दुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय
















