खेल सामग्री प्रदान
समाजसेवी सैंजु द्धारा एक सय जना विद्यार्थीलाई एक लाख बराबरकाे ट्रयाकसुट, खेल सामग्री प्रदान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको सरस्वती नमुना मा.वि.का कक्षा १ देखी ५ सम्मका १०० जना विखर्थीलाई समाजसेवी गोपाल सैंजुले हिजो एक लाख बराबरकाे ट्रयाकसुट सहित खेलकुद सामग्री वितरण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी समाजसेवी शैजुले एक सय जना विद्यार्थीलाई एक सय जोर ट्रयाकसुट, तीन वटा भलिवल, दुई वटा भलिवल जाली, तीनवटा पम्प, तीनवटा फूटबल र २४ वटा निकाप वितरण गरेका हुन् । सरस्वती माविमा कक्षा–१ देखि कक्षा–५ सम्म २२५ जना विद्यार्थी अध्ययनरत छन् । बाँकी १२५ जना विद्यार्थीका लागि असारभित्रै ट्रयाकसुट
















