मैले कस्को मुख हेरौं ?
नागरिकताको श्यामश्वेत फोटोमा बुवाको मुख हेर्छु ।
Lokmani Rijal
देश पोष्ट/ काठमाण्डौं । विभिन्न धर्ममा आँफुलाई कर्मदिने,कर्मदाता एउटा साक्षत् भगवानको रुपमा बुवालाई लिने गरिन्छ । जसलाई सम्झन आजको दिन नजिक हुनेले बुवालाई भेटेर मिष्ठान्न भोजन,कपडा लगायत उपहार दिने,टाढा भएकालाई बिभिन्न माध्यमबाट सम्झने र स्वर्गियहरुलाई गंगाजल चढाउने वा श्राद्ध गर्ने परम्परा रहिआएको छ । पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट बर्षौ देखी भेट नभएको बुवाको फोटो राखेर एकछिनको लागि बुवाको मुख हेर्ने दिनको शुभकामना प्रदान गर्ने लर्को बढेर गएका बेला जन्मजातै बुवा आमा नदेखेका र मातृ स्नेह र बुवाको अभिभावकत्वको महशुस नै नगरेकाहरुलाई आँशु बगाउने र एक्लो भएको महशुस गर्ने दिन
















