Sukraraj Trapikal hospital
देशभर रेबिज खोपको अभाव, खोप नलगाँदा एक विरामीको मृत्यु
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । देशभर रेबिज खोपको अभाव भएकाले रेबिज संक्रमणबाट बिरामीले मृत्युबरण गर्नुपर्ने अवस्था श्रृजना भएको छ । रेबिजका कारण काठमाडौँको चन्द्रागिरि नगरपालिकामा एकजनाको मृत्यु भएको छ । रेबिज संक्रमणकापछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा गत शनिबार मृत्यु भएको हो । केही हप्ताअघि कुकुरले टोकेको ती पुरुषको स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हेलचेक्र्याइँ गर्दा ती पुरुषको ज्यान गएको चिकित्सकहरूले बताएका छन् । सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले
















